काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी ट्वान्टी विश्वकपको तयारी स्वरुप त्रिदेशीय क्रिकेट सिरिज आयोजना गर्ने निर्णय गरेको छ ।
क्यानको मंगलबार बसेको कार्यसमिति बैठकले पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको तयारी स्वरुप अक्टोबर १७ देखि २६ सम्म टी ट्वान्टी सिरिज आयोजना गर्ने निर्णय गरेको हो ।
क्यानले त्रिदेशीय सिरिजमा नेपाल सहित हङकङ र युएईलाई समावेश गर्ने निर्णय गरेको छ । सिरिज काठमाडौंमा आयोजना गर्ने भनिएको छ ।
नेपालले टी ट्वान्टी विश्वकपको छनोट खेल्दैछ । सोही छनोटको तयारी स्वरुप क्यानले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
सिरिज आयोजना पश्चात नेपालले विश्वकपको राम्रो तयारी गर्न पाउनेछ भने क्यानलाई समेत आर्थिक रुपमा फाइदा पुग्नेछ ।
सिमित आय स्रोत भएका क्यान जस्ता खेलकुदका संस्थाले अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना पश्चात राम्रो आम्दानी गर्न सक्छन् ।
हेर्नुस क्यान बैठकको निर्णय :

