काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलाडी ड्राफ्टको आज आइतबार हुनेछ ।
खेलाडी ड्राफ्ट नेपाली समय अनुसार पौने १२ मा सुरु हुनेछ ।
ड्राफ्टको अन्तिम सुचीमा नेपालका आठ खेलाडी समावेश भएका छन् ।
ड्राफ्टमा समावेश भएका नेपाली खेलाडीको नाम उल्लेख भएको छैन ।
ड्राफ्टमा ४ सय ४५ विदेशी खेलाडी समाबेश रहेका छन् ।
१० औं संस्करणको बीपीएलमा सात टोलीले सहभागीता जनाउदैछन् ।
प्रतियोगितामा कोमिल्ला भिक्टोरियन्स, डुराडान्टो ढाका, चित्तोग्राम च्यालेन्जर्स, खुल्ना टाईगर्स, रंगपुर राईडर्स, फोर्टुन बारिसल र सिलेट स्टाईकर्स सहभागी रहने छन् ।
कोमिल्ला भिक्टोरियन्स ९ औं संस्करणको बीपीएल च्याम्पियन टोली हो ।