काठमाडौं । इंग्ल्यान्डले भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।
जस बटलरको कप्तानीमा १५ सदस्यीय इंग्ल्यान्डको टोली घोषणा भएको हो ।
इंग्ल्यान्डले अन्तिम टोलीमा ह्यारी ब्रुकलाई समेटेको छ ।
यसअघि प्रारम्भिक टोलीमा रहेका ओपनर जेसन रोय अटाएका छैनन् ।
इंग्ल्यान्डले अक्टोबर ५ मा न्युजिल्यान्डसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ ।
चोटका कारण २०१९ मा इंग्ल्यान्डले विश्वकप जित्दाका नायक जोफ्रा आर्चर भने टोलीमा छैनन् ।
इंग्ल्यान्डको टोली :
जस बटलर (कप्तान), मोईन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिच टोप्ली, डेविड विल्ली, मार्क वुड र क्रिस वोक्स