एजेन्सी । अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ 'आईसीसी हल अफ फेम' बाट सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार पुर्व कप्तान पोन्टिङलाई 'आईसीसी हल अफ फेम' बाट सम्मान गरेको हो ।
अष्ट्रेलियाको मेलबर्नमा भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट क्रिकेटको दौरान पोन्टिङलाई हल अफ फेमबाट सम्मान गरिएको थियो ।
आईसीसीले गत जुलाईमा पोन्टिङसहित भारतीय पुर्व कप्तान राहुल द्रविड र इंग्ल्यान्डका पुर्व महिला विकेटकिपर क्लायर टेलरलाई 'हल अफ फेम' ले सम्मान गर्ने निर्णय गरेको थियो ।
'आईसीसी हल अफ फेम' सम्मान पाउने पोन्टिङ अष्ट्रेलियाका २५ औं खेलाडी हुन् । हल अफ फेमबाट सम्मानित भएपछि पोन्टिङले यस क्षण अविश्वसनीय रहेको बताए ।
'यो एक अविश्वसनीय क्षण हो । आज मेरो लागि एकदम सुन्दर दिन हो,' पोन्टिङले भने ।
पोन्टिङले टेष्ट क्रिकेट र एक दिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने खेलाडी हुन् । पोन्टिङले १ सय ६८ टेष्टमा १३ हजार ३ सय ७८ रन जोडेका छन् । पोन्टिङले ३ सय २५ एकदिवसीयमा १३ हजार ७ सय ४ रन बनाएका थिए ।