एजेन्सी । पाहुना टोली श्रीलंकाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा न्युजिल्यान्ड पहिलो दिनमै अलआउट भएको छ । क्राइसचर्चमा बुधबार सुरु टेष्टको पहिलो इनिङसमा न्युजिल्यान्ड १७८ रनमा अलआउट भएको हो ।
न्युजिल्यान्डका लागि टिम साउथे ६८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै जोन वाटलीङले ४६ तथा रोस टेलरले २७ रन जोडे । श्रीलंकाका लागि सुरुंगा लकमालले ५ तथा लाहिरु कुमाराले ३ विकेट लिए ।
न्युजिल्यान्डलाई सामान्य स्कोरमा अलआउट गरेर जवाफी ब्याटिङ थालेको श्रीलंकाले पनि खराब सुरुवात गरेको छ ।
पहिलो दिनको खेल सकिदा ३२ ओभरमा श्रीलंकाले ४ विकेट गुमाएर ८८ रन जोडेको छ । श्रीलंकाका एन्जेलो म्याथ्युजले २७ रनमा अविजित रहदा रोशेन सिल्भा १५ रन बनाएर क्रिजमा छन् ।
न्युजिल्यान्डका टिम साउथेले ३ विकेट लिए ।
पहिलो दिनको खेल सकिदा न्युजिल्यान्डले ९० रनको अग्रता बनाएको छ ।