काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तेस्रो वकेट गुमाएको छ ।
नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल क्याच आउट भएका हुन् ।
भारतका रविन्द्र जडेजाको बलमा भारतका कप्तान रोहितले क्याच आउट गराएका हुन् ।
यसअघि नेपालका लागि भिम सार्की ७ रन बनाएर आउट भए । उनलाई भारतका रविन्द्र जडेजाले बोल्ड आउट गराए ।