काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको दोस्रो खेलमा समेत विकेट लिन सफल भएका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध आफ्नो पहिलो ओभरमै विकेट लिएका हुन् ।
मेलबर्नले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको होबर्टका एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गर्दै पेभेलियन फर्काएका हुन् ।
पहिलो ओभरमा सन्दीपले ५ रन खर्चेर एक विकेट लिए ।
यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए ।