एजेन्सी । पुर्व भारतीय क्रिकेटर डब्लु भी रमण भारतीय महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रमणलाई बिहिबार टिमको प्रशिक्षक जिम्मेवारी दिएको हो ।
रमणसंग यू-१९ क्रिकेट टोलीको प्रशिक्षण अनुभव रहेको छ ।
५३ बर्षिय रमणले भारतबाट ११ टेष्ट र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
भारतीय महिला टिम गत महिना सम्पन्न विश्व टी-ट्वान्टीको सेमिफाइनलमा पराजित भएको थियो ।