काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको इलिमिनेटर अन्तर्गत अहिले शरद भेषावकरको टिम भैरहवा ग्लाडीयटर्स र पृथु बास्कोटाको टिम चितवन टाइगर्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
टियु क्रिकेट मैदानमा भैरहवाले टस जितेको छ र फिल्डिङ रोजेको छ । चितवनले अहिले ब्याटिङ गरिरहेको छ । चितवनले खराब सुरुवात गरेको छ । चितवनले पाँच ओभर सकिदा ३ विकेट गुमाएर २८ रन जोडेको छ ।
आज दुवै टोली जित निकाल्दै क्वालिफायरमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउने छन् । र, दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं ललितपुर प्याट्रियट्ससंग १ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायरमा झरेको थियो । ललितपुर भने फाइनलमा पुगिसकेको छ । दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा ललितपुरसंग खेल्नेछ ।
जारी लिगको प्रदर्शन हेर्दा चितवनभन्दा भैरहवा बलियो देखिएको छ । भैरहवा लिग चरणमा तेस्रो स्थानमा रहदै लिमिनेटरमा पुगेको हो । लिग चरणमा भैरहवाले ५ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो ।
यता, सुरुवाती ३ खेल गुमाएपनि अन्तिम दुई खेल जितेर चितवनले प्ले अफमा स्थान बनाएको हो । लिगमा ४ अंक जोडेको चितवन नेट रन रेटको आधारमा चौथो स्थानमा रहदै प्ले अफ पुगेको हो ।
साविकको विजेता विराटनगर वारिवर्ससंग बराबरी अंक भएपनि चितवन रन रेटमा अघि भएको थियो । विराटनगर भने बाहिरिएको थियो ।
यस्तै भैरहवाविरुद्ध मैदान उत्रदा चितवन लिग चरणमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछन् ।