काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियनका तीव्र गतिका बलर आकाश मधवालले लखनउविरुद्धको ईलिमिनेटर खेलमा कीर्तिमान बनाएका छन् ।
ईलिमिनेटर खेलमा लखनउविरुद्धको खेलमा आकाशले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिएका थिए । आकाश आइपीएल प्लेअफको एकै खेलमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।
आकाशले सन् २०१० को आइपीएल प्लेअफ खेलमा चेन्नाई सुपर किंग्सका डग बोलिन्जरले डेक्कन चार्जर्सविरुद्ध बनाएको कीर्तिमान तोडेका हुन् । अष्ट्रेलियन बलर डगले ४ ओभरमा १३ रन खर्चिएर ४ विकेट लिएका थिए ।
मधवालले उत्तराखण्डबाट घरेलु क्रिकेट खेल्ने गर्छन् । मधवाल भारतीय क्रिकेट टोलीका खेलाडी ऋषभ पन्तका छिमेकि समेत हुन् ।
यसै सिजन आइपीएलमा डेब्यू गरेका २९ वर्षिय मधवालले ३ मेमा पञ्जाव किंग्सविरुद्ध पहिलो खेल खेलका थिए ।आइपीएल २०२३ मा ७ खेलेका मधवालले कुल १३ विकेट लिएका छन् ।