काठमाडौं । भारतका तीव्र गतिका बलर प्रसिद्ध कृष्णा चोटका कारण घाइते भएपछि यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।
कृष्णा १६ औं संस्करणको आईपीएलमा राजस्थान रोयल्समा आबद्ध रहेका थिए ।
साबिकको उपविजेता राजस्थानले उनको स्थानमा तीव्र गतिका भारतीय बलर सन्दीप शर्मालाई मौका दिएको छ । शर्माले २०२३ को १६ औं संस्करणको आईपीएल राजस्थान रोयल्सबाट खेल्ने भएका छन् ।
२०२३ को आईपीएलका लागि भएको अक्सनमा शर्मालाई कुनै टिमले खरिद गरेको थिएन । शर्माले अक्सनमा आफ्नो आधार मुल्य ५० लाख भारु मूल्य राखेका थिए ।
शर्माले १ सय ४ आईपीएल खेलमा १ सय १४ विकेट लिएका छन् । उनको राम्रो प्रदर्शनमा भारतले २०१२ को यू-१९ विश्वकप उपाधि जितेको थियो ।
त्यस पश्चात उनले २०१३ मा पन्जाब किंग्स ११ बाट आईपीएल डेब्यू गरेका थिए ।
यस संस्करणको आईपीएल शुक्रबारदेखि भारतमा सुरु हुदैछ । राजस्थानले आउने आइतबार सनराइजर्स हैदराबादसँग खेल्दै यस संस्करणको आईपीएल सुरुआत गर्नेछ ।