गुल्मी। अष्ट्रेलियास्थित सूचना प्रविधि सम्बन्धी कम्पनी 'एक्स्ट्राटेक'ले क्रिकेटर अर्जुन कुमाललाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले नगद ५० हजार सहयोग गरेको हो ।
अष्ट्रेलियाबाट प्राप्त रकम संचारकर्मी मोहन बस्नेतले गुल्मीमा क्रिकेटर कुमाललाई हस्तान्तरण गरे ।
'एक्स्ट्राटेक'का डाईरेक्टर विनोद कुँवरले कुमालको हौसला बढाउन सहयोग गरिएको बताउँदै यसबाट उनलाई थप प्रेरणाले मिल्ने विश्वास व्यक्त गरे ।
यसअघि पनि विभिन्न खेलाडि र खेल संस्थालाई सहयोग गर्दै आएको 'एक्स्ट्राटेक' ले आगामी दिनमा पनि सहयोग जारी राख्ने हेड अफ क्यारियर काउन्सिलर सुदीक्षा गौतमले बताईन् ।
क्रिकेटर कुमालले अहिले आफूलाई विभिन्न व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भैरहेको र यसबाट आप्नो प्रदर्शनमा थप सुधार ल्याउन प्रेरणा मिलेको बताए ।
क्रिकेटर अर्जुन कुमाल गुल्मीको छत्रकोटका हुन भने उनलाई सहयोग गर्ने सूचना प्रविधि सम्बन्धी कम्पनी 'एक्स्ट्राटेक'का डाईरेक्टर कुँवर पनि गुल्मीको मदानेका स्थायी बासिन्दा हुन ।