काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा कोशी प्रदेश प्रवेश गरेको छ ।
आज सम्पन्न खेलमा मधेश प्रदेशलाई ६२ रनले स्तब्ध पार्दै कोशीले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।
कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो।
मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० रनको योगदान गरिन् । अन्य ब्याटरले उल्लेखनिय रन बनाउनसकेनन् ।
कोशीका लागि कप्तान रुविना क्षेत्री,अलिशा खडियाले समान २/२ तथा निशा शाहले १ विकेट हात पारिन् ।
त्यसअघि त्रिवि मैदान टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५ रन बनायो ।
जसमा कप्तान रुविना क्षेत्रीले ३९ तथा काजल श्रेष्ठले २२ रन बनाईन् । अप्सरी वेगमले १९ रनको योगदान गरिन् ।
मधेशकी सन्तोशी चौधरी,अमिरन निशा र अमिशा पटेलले समान २/२ विकेट हात पारिन् ।
फाइनल पुगेको कोशीले एपीएफसँग चैत १६ गते फाइनल खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको थियो ।