काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेश प्रदेशलाई १ सय ६ रनको लक्ष्य दिएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
कोशीका लागि कप्तान रुबिना क्षेत्री ३९ रन बनाउँदा अप्सरी बेगम १९ रनमा आउट भईन् । काजोल श्रेष्ठले २२ तथा स्मृती कटुवालले १० रन बनाईन् ।
मधेशका लागि अमिरान निशा , सन्तोषी चौधरी र अमिशा पटेलले समान २/२ विकेट लिईन् ।
फाइनल नजिक पुगेको कोशी आज जित निकालेर फाइनल यात्रा पक्का गर्न चाहन्छ । कोशीलाई फराकिलो अन्तरमा पराजित गरि फाइनलको झिनो सम्भावना पूरा गर्न चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।