काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर ११ ले विभागीय टोली नेपाल एपीएफलाई १ सय ११ रनको लक्ष्य दिएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट दिएर १ सय १० रन बनायो ।
एपीएफका लागि राजमती ऐरीले ५२ बलमा ४१ रन बनाईन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा बिन्दु बुढाले १२ रन बनाईन् ।
ललितपुरका लागि सिमाना केसी र श्रृष्टि जैसीले समान २/२ तथा मनिशा उपाध्याय र सोनी पाख्रिनले समान १/१ विकेट लिईन् ।
फाइनलमा स्थान पक्का गरिसकेको एपीएफ आजको खेल जित्दै समूह विजेता बन्न चाहन्छ । प्रतियोगिताबाट बाहिरीसकेको ललितपुर आज सान्त्वना जितको खोजीमा रहने छ ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
फाइनल नजिक पुगेको कोशी आज जित निकालेर फाइनल यात्रा पक्का गर्न चाहन्छ । कोशीलाई फराकिलो अन्तरमा पराजित गरि फाइनलको झिनो सम्भावना पूरा गर्न चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।