काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेल हुदैछ । टियु मैदान कीर्तिपुरमा दुवै खेल हुदैछ ।
आजको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लब र ललितपुर मेयर्स ११ प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
फाइनलमा स्थान पक्का गरिसकेको एपीएफ आजको खेल जित्दै समूह विजेता बन्न चाहन्छ । प्रतियोगिताबाट बाहिरीसकेको ललितपुर आज सान्त्वना जितको खोजीमा रहने छ ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
फाइनल नजिक पुगेको कोशी आज जित निकालेर फाइनल यात्रा पक्का गर्न चाहन्छ । कोशीलाई फराकिलो अन्तरमा पराजित गरि फाइनलको झिनो सम्भावना पूरा गर्न चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।