काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारियर्सबीच खेल हुँदैछ ।
टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवाले टस जितेको छ र पारस खड्काको विराटनगरलाई ब्याटिङको निम्तो दिएको छ ।
जारी लिगमा दुई टोली अपराजित रहेको छ । दुई खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो र समान अंकसहित विराटनगर तेस्रो स्थानमा छ । विजेता टोलीले प्ले अफको यात्रा तय गर्नेछन् ।
पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो ।
तेस्रो खेलका लागि मैदान उत्रदा दुवै टोलीले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस्तोमा दुई टोलीबीचको खेल रोमान्चक हुने देखिएको छ । दुई टोली गत बर्षको फाइनलिस्ट समेत हो । विराटनगरले भैरहवालाई हराएर उपाधि जितेको थियो ।