काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरिरहेका छन् ।
टियु क्रिकेट मैदानमा पोखराले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । भैरहवा अहिले फिल्डिङ गरिरहेको छ ।
आज भैरहवा र पोखरा पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।
दुवै टोलीमा उत्कृष्ट खेलाडीहरुको रहेको हुँदा खेल रोमान्चक हुने अनुमान गरिएको छ ।