काठमाडौं । भारतीय क्रिकेटर युजभेन्द्र चहल भारतीय क्रिकेटर भुवनेश्वर कुमारलाई पछि पारेर शीर्ष स्थानमा उक्लिएका छन् ।
चहल भारतका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । चहलले ९१ विकेट लिदै यो किर्तिमान आफ्नो नाम गरेका हुन् ।
यस अघि भारतका तिव्र गतिका बलर भुवनेश्वर कुमारको नाममा यो किर्तिमान रहेको थियो । भुवनेश्वरले ८६ ईनिङमा ९० विकेट लिदै यो किर्तिमान बनाएका थिए ।
चहलले ७४ ईनिङ खेल्दै ९१ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शार्ष स्थानमा उक्लिएका छन् ।
आईतबार राती न्युजिल्याण्डविरुद्धको खेलमा चहलले १ विकेट लिएर यो किर्तिमान बनाएका हुन् ।
३२ वर्षिय चहलले २०१६ जुन ११ मा जिम्बाबेसँगको खेलमा भारतीय टोलीबाट डेब्यु गरेका थिए ।