काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे नेपालको कानुन अनुसार अगाढी बढ्ने बताएका छन् ।
क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपको विषय गम्भीर रहेको कारण कानुन अनुसार नै अगाडी बढ्ने बताए ।
अध्यक्ष चन्दले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन्दीपलाई टिममा राख्न मिल्छ भनेको र त्यसको प्रक्रियामा रहेको समेत बताए ।
तर, नेपालको कानुनले दिएको खण्डमा मात्र आईसीसीले मिल्ने भनेको चन्दले बताए ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
तर, पुसमा उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप थुनामुक्त भएका थिए ।
थुनामुक्त भएपनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुंगो लागेको छैन ।