काठमाडौं । क्रिकेट प्रशिक्षक सामसन जंग थापाले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थापालाई क्रिकेटतर्फ मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
उमेरहदका कारण गत असोजमा जगत टमाटाले राखेप क्रिकेट मुख्य प्रशिक्षकबाट अवकास लिएपछि रिक्त उक्त पदमा थापाले जिम्मेवारी पाएका हुन् ।
थापा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका पूर्व प्रशिक्षक समेत हुन् ।
थापाकै मुख्य प्रशिक्षणमा गत वर्ष चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग(इपीएल)को उपाधि जितेको थियो ।
नेपाल टी-ट्वान्टी लिगमा उनी पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक रहेका थिए ।