काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटका लागि क्यानले आइतबार १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।
क्यानले प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट नेपाली टोली घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टोलीमा ४ वैकल्पिक खेलाडी रहेका छन् ।
छनोट युएईमा आगामी फेब्रुअरीमा हुनेछ ।
नेपाली टोली -
आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे,दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा
वैकल्पिक -
प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव