काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सन् २०२३ का लागि खेलाडीको केन्द्रीय सम्झौता घोषणा गरेको छ।
बीसीबीले शनिबार २१ खेलाडीलाई समेट्दै आफ्नो केन्द्रीय सम्झौता घोषणा गरेको हो ।
गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर मेहिदी हसन मिराज सबै फर्म्याट खेल्ने खेलाडीको सूचीमा सूचीकृत भएका छन् । सबै फर्म्याटको क्रिकेटको केन्द्रीय सम्झौतामा मिराजसँगै लिटन दास, शकिब अल हसन र टस्किन अहमद पनि छन् ।
गत वर्ष सबै फर्म्याटको सम्झौता सूचीमा परेका मुस्फिकुर रहिमलाई टेष्ट र एकदिवसीय अन्तराष्ट्रियका लागि केन्द्रीय सम्झौतामा परेका छन् । रहिमले गत वर्ष टी-ट्वान्टी अन्तराष्ट्रियबाट सन्यास लिएका थिए । रहिमसँगै यो सूचिमा तमिम इकबाल पनि रहेका छन् । नजमुल हुसन शान्तो र नुरुल हसन टेष्ट र टी-ट्वान्टी अन्तराष्ट्रियका लागि केन्द्रीय सम्झौतामा परेका छन् ।
सरिफुल इस्लाम,आफिफ हुसेन र मुस्ताफिजुर रहमान टी-ट्वान्टी अन्तराष्ट्रिय र एकदिवसीय अन्तराष्ट्रियका लागि केन्द्रीय सम्झौतामा परेका छन् । मोमिनुल हक,तैजुल इस्लाम,इबाडोट हुसेन,खलिल अहमद र जाकिर हसन टेष्टका लागि मात्र केन्द्रीय सम्झौतामा परेका छन् ।
मेहमदुल्लाह एकदिवसीय अन्तराष्ट्रियका लागि मात्र केन्द्रीय सम्झौतामा परेका छन्। मेहेदी हसन,नसुम अहमद,मोसाडिक हुसेन र हसन महमुद टी-ट्वान्टी अन्तराष्ट्रियका लागि मात्र केन्द्रीय सम्झौतामा परेका छन् ।