काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी प्रतियोगिता खेल्ने भएकी छिन् ।
रुविनालाई द बार्मी आर्मीले रिटेन गरेको छ । गत वर्ष पनि रुविनाले द बार्मी आर्मीबाट नै खेलेकी थिइन् ।
द बार्मी आर्मीले २०२३ को टोली घोषणा गर्दा रुविनालाई पनि टोलीमा राखेको छ ।
गत संस्करणमा रुविनाले दुई खेल मात्रै खेल्ने अवसर पाएकी थिइन् । उनले ब्याटिङमा कुनैपनि मौका नपाउँदा बलिङमा एक इनिङमा २ ओभर बलिङ गर्दै २० रन खर्चेकी थिईन् ।
अर्की खेलाडी सीता रानामगरलाई केही महिना अघि नै टोर्नाडोस वुमेन्सले रिटेन गरेको थियो । सीता सम्मिलित टोर्नाडोसले गत बर्ष भएको पहिलो संस्करणको च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको दोस्रो संस्करण आगामी अप्रिल ३ देखि १६ सम्म हुनेछ ।