काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज शुक्रबार दुई सेमिफाईनलका खेलहरु हुँदैछन्।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यो प्रतियोगिता सुनसरीको इटहरीमा जारी रहेको छ ।
पहिलो सेमिफाईनल खेलमा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश खेल्दै छन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
आजको यस खेलमा जित निकालेर दुवै टोली फाईनलमा प्रवेश गर्न चाहान्छन् । सुदुरपश्चिम समूह 'ए' को बिजेता हो भने मधेश समूह 'बी' को उपबिजेता हो ।
आज नै हुने दोस्रो सेमिफाईनलमा प्रदेश १ र नेपाल एपीएफ क्लबका बीचमा खेल हुदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
प्रदेश १ समूह 'बी' को बिजेता बन्दै सेमिफाईनलमा पुगेको हो । एपीएफ भने समूह 'ए' को उपबिजेता हो ।
दुवै खेल जनता क्रिकेट पार्क क्रिकेट मैदान ईटहरीमा हुनेछ । प्रतियोगिताको फाईनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ ।
प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहेको थियो । यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको थियो ।
दुई समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गरेका हुन् ।