काठमाडौं । मधेश प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मदेश अन्तिम चारमा पुगेको हो ।
मधेश पहिलो पटक महिला पीएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो ।
मधेसले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले अविजित रहदै समान २१ रन जोडिन ।
लक्ष्मी चौधरी १२ रनमा आउट हुँदा आश्मा पुलामी मगर र सरस्वती गंगा मगरले ११/११ रन जोडिन ।
मधेशका लागि भुमि सिंहले २ तथा कविता गौतमले १ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन जोडेको थियो ।
मधेशका लागि साना प्रभिनले सर्वाधिक ४६ रनको योगदान गरिन् । रोजी कडेरीले १५ रन जोडिन ।
लुम्बिनीका मनिषा राना,सरस्वती पुन र विभास्ना बीसीले १/१ विकेट लिईन् ।
यस जितसँगै मधेशले समूह 'बी' को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
मधेशले ३ खेलमा ४ अंक जोड्यो ।
यस समूहबाट प्रदेश-१ समूह विजेता बन्यो ।
लुम्बिनी भने समूह चरणबाट बाहिरिएको छ ।