काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज आइतबार दुई खेलहरु हुँदैछन्।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यो प्रतियोगिता सुनसरीको इटहरीमा जारी रहेको छ ।
पहिलो खेलमा बागमती प्रदेश र विभागीय टिम नेपाल एपीएफ क्लब खेल्दै छन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
बागमती एपीएफलाई पराजित गरि पहिलो जित निकाल्न चाहन्छ । एपीएफ पनि बागमतीलाई पराजित गरि लगातार दोस्रो जित निकाल्न चाहन्छ।
आजको दोस्रो खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदैछ । पहिलो खेलमा पराजित दुवै टोली आज पहिलो जित निकाल्न चाहान्छन् ।
दुवै खेल जनता क्रिकेट पार्क क्रिकेट मैदान ईटहरीमा हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ ७ मा रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् ।
प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्नेछन् । पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ ।
प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ । यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।
दुई समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।