काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने थुना मुक्त भएका छन् । अदालतमा धरौटी वापतको रकम बुझाएका सन्दीप छुटेका छन् ।
उनले अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएका छन् ।
उच्च अदालत पाटनले बिहीबार सर्त सहित सन्दीपलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । अब उनी जेलबाहिर बसेर मुद्धा लड्न पाउनेछन् ।
न्यायाधिश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बदर गर्ने फैसला गरेको थियो ।
भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिईन् । असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको थियो ।
नाबालिका बलात्कारको आरोपमा कात्तिक १८ गते सन्दीप पुर्पक्षका लागि थुनामा परेका थिए ।