काठमाडौं । बलात्कार मुद्धामा धरौटीमा धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदैछन् ।
उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा छाड्न दिएपछि सन्दीप शुक्रबार थुनामुक्त हुन लागेका हुन् ।
न्यायाधिश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामापठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा शशर्त छाड्न आदेश दिएको थियो ।
भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिईन् । असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको थियो ।
नाबालिका बलात्कारको आरोपमा कात्तिक १८ गते सन्दीप पुर्पक्षका लागि थुनामा परेका थिए ।