काठमाडौं । अस्ट्रेलियाका कप्तान प्याट कमिंसले वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
पहिलो टेस्टको दौरान बोकेको चोटका कारण कमिंसले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
पहिलो टेस्टमा फिल्डिङ गर्ने क्रममा उनको मेरुदण्डमा समस्या आएको थियो ।
२९ वर्षीय तिन्र गतिका बलरले पहिलो टेस्टमा ३ विकेट लिएका थिए ।
घरेलु टोलीले पहिलो टेस्टमा वेस्ट इण्डिजलाई १ सय ६४ रनको पराजित गरेको थियो ।
अष्ट्रेलिया र वेस्ट इण्डिजबीचको दोस्रो टेस्ट एडिलेटमा बिहिबारबाट सुरु हुनेछ ।