काठमाडौं । पाहुना टोली इंग्ल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ ।
तीन खेलको टेस्ट सिरिजको पहिलो खेलमा ७४ रनको जित दर्ता गरेको पाहुना टोलीले सिरिजमा १-० को अग्रता लिएको छ ।
इंग्ल्याण्डले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अलआउट हुनपुर्व २ सय ६८ रन मात्र बनाए पछि खेल घरेलु टोलीले पराजय व्यहोरेको हो ।
पाकिस्तानको लागि साउद शकिलले ७६ रनको अर्धशतकीय ईनिङ खेले । उनले १२ चौका प्रहार गरेका थिए ।
इमाम उल हकले ४८ तथा मोहम्मद रिजवानले ४६ रन बनाए । अजर अलि ४० तथा आगा सलमान ३० रनमा आउट भए ।
पाहुना टोलीका लागि जेम्स एन्डरसन र ओली रोबिन्सनले ४/४ तथा ज्याक लिच र बेन स्टोकले समान १/१ विकेट लिए ।
सुरुमा टस जितेर पाहुना टोलीले पहिले ब्याटिङ गरेकोमा ६ सय ६५ रनमा अलआउट भयो ।
पाहुना टोलीका लागि जाक क्रोली,बेन डुकेट,ओली पोप र ह्यारी ब्रोकले शतक प्रहार गरेका थिए ।
ब्रोकले १ सय १६ बलमा १ सय ५३,क्रोलीले १ सय ११ बलमा १ सय २२,पोपले १ सय ४ बलमा १ सय ८ तथा डुकेटले १ सय १० बलमा १ सय ७ रन बनाएका थिए ।
कप्तान बेन स्टोकले ४१ तथा ओली रोबिन्सनले ३७ रन बनाएका थिए ।
घरेलु टोलीका लागि जाहिद मोहमदले ४ तथा नसिम शाहले ३ विकेट लिएका थिए । मोहम्मद अलिको नाममा २ तथा हरिस रौफको नाममा १ विके रह्यो ।
पहिलो पारीमा घरेलु टोलीले ५ सय ७९ रन मात्र बनाउन सक्यो । पाकिस्तानको लागि कप्तान बाबर अजाम,अब्दुल्ह शफिक्यु र इमाम उल हकले शतकीय ईनिङ खेलेका थिए ।
कप्तान बाबरले १ सय ३६ ,इमामले १२१ तथा शफिक्युले १ सय १४ रन बनाएका थिए । आगा सलमानले ५३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
पाहुना टोलीका लागि विल ज्याक्सले ४ तथा ज्याक लिचले २ विकेट लिएका थिए ।
पहिलो पारीमा ७८ रनको अग्रता बनाएको पाहुना टोलीले २ सय ६४ रन थप्यो ।
दोस्रो पारीमा भ्रमणकारी टोलीका लागि ह्यारी ब्रोक,ज्याक क्रली तथा जोय रुटले अर्धशतकीय ईनिङ खेले । ब्रोकले ८७ , रुटले ७३ तथा क्रलीले ५० रन बनाएका थिए ।
विल ज्याक्सले २४ तथा ओली पोपले १५ रन बनाएका थिए ।
दोस्रो ईनिङमा घरेलु टोलीका लागि जायद मुहमद,नसिम शाह र मोहम्मद अलिले समान २/२ विकेट लिए ।
तीन खेलको टेस्ट सिरिजको दोस्रो खेल आगामी शुक्रबारबाट सुरु हुनेछ ।