काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।
टियु मैदानमा हुने खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
गण्डकी समूह चरणको अन्तिम खेल जितेर सुखद अन्त्य गर्न चाहान्छ ।
५ खेलमा १ जित ४ हारका साथ र्अक तालिकामा गण्डकी पाचौं स्थानमा रहेको छ ।
मधेश भने ४ खेलमा अंक बिहिन रहेको छ । आजको खेलमा मधेश पहिलो अंक जोड्न चाहान्छ ।
मुलपानीमा हुने खेलमा बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशकोबीच खेल हुनेछ ।
प्रतियोगिताको फाईनलमा आफ्नो स्थान बनाउँन सुदुरलाई सामान्य जित पर्याप्त हुनेछ ।
आजको खेलमा जित हात पारेर अपराजित रहदै सुदुरपश्चिम फाईनल पुग्न चाहान्छ ।
बागमतीका लागि भने फराकिलो जित आवश्यक रहेको छ ।
सुदुरपश्चिम ५ खेलमा अपराजित रहदै १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
बागमती भने ५ खेलमा ४ जित र एक हारका साथ ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।