काठमाडौं । अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आईपुगेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपाल आएका हुन् ।
तीव्र गतिका बलर ब्रेट ली नेपाल टी-ट्वान्टी लिगको एम्बेस्डर हुन् ।
उनले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
हिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।