काठमाडौं । गत वर्ष पाकिस्तानी लिजेन्ड इन्जमाम-उल-हकले अहिलेका सुपरस्टार बाबर आजमलाई विराट कोहली र केन विलियमसनसँग गरिएको तुलना बारेमा सोधे । उनीहरुसँग नाम जोडिदा दबाब वा प्रोत्साहन कस्तो महसुस भएको छ ?
बाबरले आफ्नो नाम यसरी जोडिन पाउँदा आफूलाई निकै कृतज्ञ र खुशी लागेको बताए । 'कुनै ठुलो स्तरमा नाम कसरि बन्छ ? जब तपाईको टोलीले जित्छ । उँहाहरुको उत्कृष्ट प्रदर्शन जितको लागि थियो । त्यहि कुरा मैले आफैंमा अनुशरण गरेको छु । खेल जित्नुहोस्, नाम आफै बन्छ,' उनले भने ।
इन्जमामले बाबरको करियरको सुरुआतमा उनको ब्याटिङलाई लिएर भएको आलोचनाको बारेमा प्रश्न उठाए ।
'मलाई मेरो यू-१९ दिनमा आरोप थियो, म टिभी खेलाडी होइन । प्रत्यक्ष प्रसारण हुने खेलहरूमा प्रदर्शन गर्दैन । त्यसको अर्थ म ठूलो खेल खेल्ने खेलाडी होइन,' बाबरले भने, 'मैले यसलाई सकारात्मक रूपमा लिएँ । कमजोरीलाई कसरी सच्याउन सकिन्छ ? म सबैलाई कसरी गलत साबित गर्न सक्छु ? मेरो प्रदर्शनले मात्रै ।'
बाबर कहिलेकाही एक्लै हुन्छन, वन म्यान आर्मी जस्तै । तर, उनको खुट्टा क्रिजमा नाचिरहेको हुन्छ । उनी त्यो क्षेत्रलाई आरामसँग कभर गर्छन जो अन्य ब्याटर सायदै गर्छन । राहुल द्रविड जस्तै, बाबर आफ्नो इनिङ लामो बनाउनका लागि प्रेस- ब्याक गर्न सक्छन । विरेन्द्र शहवाग जस्तै, उनी अगाडी झुक्न सक्छन र सुन्दर कभर ड्राइभ लगाउन सक्छन् ।
यदि कुनै पाकिस्तानी खेलाडीको उदाहरण दिने हो भने, उनको प्रेस-ब्याक लगभग त्यति नै प्रभावशालि छ जति सलिम मलिकको, जो स्पिनका एक अद्भुत खेलाडी हुन् ।
जब डेल स्टेन आफ्नो पिकमा थिए, जसलाई माइकल होल्डिङले समेत 'उनले देखेको सबैभन्दा राम्रो फास्ट बलर' भन्दै तारिफ गरेका थिए । लामो आउट स्विङरहरू, राम्रो लेन्थबाट । त्यसै गरी इनस्विङरहरू, सीमरहरू सबै प्रयोग गरे । तर बाबरले रोकेनन् मात्र प्रहार गरे । डेल स्टेन बाबरले आफ्नो होस् उडाएको कुरा अझै भनिरहन्छन ।
आफ्ना बुबाको लागि खेल्दै बाबर
बाबरको क्रिकेटप्रेमी पितासँगको सम्बन्धले उनको चरित्र र संकल्पलाई बलियो बनाएको देखिन्छ । आर्थिकमा कमजोर तर खेल र आफ्नो छोराप्रतिको मायामा उच्च, उनका बुबाले उनलाई धेरै जसो खेलहरूमा साथ दिए ।
'मेरो बुबा मेरो ब्याटिङ हेर्न समयमै पुग्नुहुन्थ्यो । मलाई आफै दबाब महसुस हुन्थियो । म आउट हुन सक्दिन । खराब सट खेल्न मिल्दैन ! बाबा हेरिरहनुभएको छ,' बाबर भन्छन् ।
'अहिले पनि, मलाई त्यो डर हुन्छ । यदि मैले खराब सट खेले भने उँहा मलाई गाली गर्नुहुन्छ ! यसले मलाई मद्दत गरेको छ । गल्तीको लागि कुनै मौका छैन । यसले गर्दा मेरो फोकसमा धेरै सुधार भएको छ,' उनी थप्छन् ।
बाबरको पहिलो ब्याट र किट मामाको मायाले आएको थियो ।
'मामाले मलाई ३५०० रुपैया दिनुभयो र मैले १५०० रुपैयामा ब्याट पाएँ । सायद त्यो ब्याट मेरो पुरानो घरमा छ,' बाबरले भने ।
बाबरका बुबाले सधैं उनको लागि खाना ल्याउँथे । कहिलेकाहीं, बाबरले आफ्नो बुबालाई पहिले नै खाना खाइसके भनेर भन्न मन लागेन । 'किनभने उहाँलाई थाहा हुन्थ्यो मैले केहि खाएको छैन । जसले आमाबाबुको सम्मान गर्छ, अल्लाहले उसलाई अजयी बनाउनुहुन्छ,' उनी भन्छन् ।
यस पुस्ताका धेरै पाकिस्तानी खेलाडीहरूले टोलीमा केही वर्ष पछि रिग्रेसन देखेका छन् । तर बाबर, पाकिस्तानको लागि अस्वस्थताबाट पनि मुक्त देखिन्छन् । पाकिस्तानले उनको काँधमा जिम्मेवारी थपेको छ । उनी सन् २०१९ मा टी-ट्वान्टी र एकदिवसीयको कप्तान नियुक्त भएका थिए । अन्ततः २०२१ बाट टेस्ट टोलीको कप्तानी गरे । व्यक्तिगत रूपमा अहिले उनको प्रभाव विश्व क्रिकेटमा देखिन्छ ।
खेलको गहिरो विश्लेषक मध्ये एकको रूपमा उनको ख्याति नभएतापनि उनको कप्तानीले आधुनिक प्रगतिशील सोचको संकेत चिन्हहरू देखाउँछ । र, बाबरले अहिले धेरै कुरा सिकिरहेका छन् । उनीसँग अपेक्षा धेरै छ । युवा काँधमा राखिएको कुनै पनि दबाबलाई अहिले सम्म उनले अप्ठ्यारो मानेका छैनन् । बाबरले तनाव महसुस नगरेको देखिन्छ ।
वेस्ट इन्डिजविरुद्धको ओडीआई शतकको ह्याट्रिक पछिको टेस्ट शृंखलामा टेस्ट डेब्यु गरेको दिनदेखि बाबरले युनिस खान र मिसबाह-उल-हकको रेकर्डमाथि नै धावा बोले । उनले अवसरलाई समाते र त्यसपछि बाबर आजम पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान, देशका सबैभन्दा प्रसिद्ध क्रिकेटर र विश्वका उत्कृष्ट ब्याट्सम्यान बने । उनी आफ्नो करियरको सुरुआतमै भए पनि पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक भईसके ।