एजेन्सी । विराट कोहली जत्तिको ब्याट्सम्यानबाट यत्तिको अपेक्षा त राखिन्छ नै । अरू ब्याट्सम्यानबारे भए, प्रश्न हुन्थ्यो, रन कहिले बन्ने हो ।
कोहली भएको हुनाले प्रश्न भएको छ, यिनको ब्याटबाट शतक निस्कने कहिले हो ? भारतीय क्रिकेट समर्थकका लागि एक प्रकारले यो चिन्ताको विषय पनि हो, आखिरमा भारतीय कप्तान धेरै बेर चुप लागेर बसेको सुहाउँदै पनि ।
खासमा भएको के भन्दा कोहलीले विश्व क्रिकेटको कुनै पनि ढाँचामा शतक नबनाएको ४१ इनिङ्स पुगिसकेको छ । दिन गन्ति गर्दा यो छ सय दिनको वरीपरी पुगिसकेको छ । नत्र कोहलीको बानी नै थियो, स्कोरले शतक छोएपछि दर्शकतिर फर्केर ब्याट उठाउने, अनि समर्थकको अभिवादन स्विकार्ने । त्यो पनि गर्जनसहित ।
सन् २००९ देखि उनले अन्तर्राष्ट्रिय खेलेका कोहलीले अहिलेसम्म ७० शतक बनाइसकेका छन् । तर ७१ औं शतकका लागि उनको पखाई बढ्दै छ ।
उनले सन् २०१९ को नोभेम्बरमा अत्मिक पटक अन्तर्राष्ट्रिय शतक बनाएका थिए, बंगलादेशबीच । त्यसपछि त उनी चुपचाप जस्तै रहे, फेरि विश्व क्रिकेट पनि चुपचाप नै रह्यो, कारोना भाइरस संक्रमणको महामारीले ।
क्रिकेट नै कम भयो । तर यही मात्र पनि त कारण होइन होला । डर हो, कतै कोहलीले आफ्नो जादुयी ब्याटिङको कला गुमाएका त छैनन् ? मूल प्रश्न यही हो ।
सचिन तेन्दुलकरको नाममा रहेको छ, सय अन्तर्राष्ट्रिय शतकको । उनको छेउछाउ पुग्न सक्ने पनि यिनै कोहली मात्र हुन् । यस्तोमा शतकका लागि एक चित्त लगाएर खेलमा मन केन्द्रित गर्नु पर्ने त कोहली नै हुन् ।
हामी त खालि उनलाई शुभकामना मात्र दिन सक्छौं । उनको प्रतिभाको त पक्कै कमी छैन्, खालि अन्यत्र पो उनको ध्यान बढी मोडियो कि ?
भारतीय क्रिकेट टिम अहिले इंग्ल्यान्डमा छ र उसले चाँडै केही सिरिज खेल्नेछ । मुख्य आकर्षण त पाँच टेस्टको सिरिज नै हो । यसमा पो कोहलीले केही गर्ला कि ?
–द विजडेनको सहयोगमा ।