एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी सञ्जय मान्जरेकरले ९० को दशक भारतीय क्रिकेट टिम सचिन तेन्दुलकरमा निर्भर भएको भएका छन् ।
सामाजिक संजाल इन्स्टाग्रामको एक लाईभमा बोल्दै मान्जरेकरले सचिन त्यस समय निकै लयमा भएको र पुरै टिम उनीमा निर्भर हुने गरेको बताएका हुन् ।
'दुर्भाग्यवस, सन् २०९६/९७ सम्म भारतीय टिम वास्तबमै सचिनमा निर्भर थियो । किनभने, तपाईलाई थाहा छ ऊ, लयमा थियो,' मान्जरेकरले भने, 'उनी भारतका पहिलो ब्याट्सम्यान थिए जसले रनको लागि राम्रो बललाई पिट्न सक्थ्यो ।'
५४ वर्षीय ब्याट्सम्यान मान्जरेकरले सन् १९८६ देखि ९६ सम्म भारतका लागि खेलेका थिए । उनले भारतका लागि ३७ टेष्ट र ७४ एकदिवसीय खेलेका थिए ।
मान्जरेकरले भन्दा सचिनले एक वर्ष पछि भारतको टेष्ट टिममा डेब्यु गरेका थिए । डेब्यु गर्दा सचिन मात्र १७ वर्षका थिए ।
यस्तै मान्जरेकरले त्यस समय सचिन आउट हुनु भनेको दुर्लभ कुरा हुने गरेको समेत बताए ।
"त्यसबेला सचिनमा महानता थियो । असफलताहरू उनको करियरमा दुर्लभ थिए । त्यो एक महान ब्याट्सम्यानको चिनो हो। सचिन आउट हुनु धेरै असाधारण कुरो हुन्थ्यो,' मान्जरेकरले भने ।