काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।
जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्नेछ ।
नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । ६८ रन बनाएका पारस प्लेयर अफ दि म्याच समेत चुनिए ।
नेपालको जित फोटोमा हेर्नुहोस् ।
फोटो - रमन शिवाकोटी