एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ ।
जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको हो ।
लण्डनमा बिहिबार बसेको आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
आईसीसीले जिम्बावे क्रिकेटको निर्वाचन लोकतान्त्रिक पद्दतिबाट नभएको र सरकारी हस्तक्षेप भएको जनाएको छ।