काठमाडौं । केटीएम सिटीले फ्लास सेल अफर सार्वजनीक गरेको हो । आईतबारदेखि लागु हुनेगरि केटीएम सिटीले नयाँ अफर सार्वजनीक गरेको हो । नयाँ अफरको समय तीन दिनको रहेको छ ।
आईतबारदेखि मंगलबारसम्म चल्ने यस अफरमा ग्राहकहरुले अनलाईनमार्फत सामान किन्दा अतिरिक्त २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
केटीएम सिटीको वेव साईट र एफमार्फत सामान खरिद गर्दा अतिरिक्त छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय सामान बिक्री गर्दै आएको छ । नेपाल सहित भारत, क्यानडा गरि विश्व बजारमा केटीएम सिटीले नेपाली ब्राण्डका लुगा बिक्री बितरण गर्दै आईरहेको छ ।
केटीएम सिटीले नेपाली खेलकुदसँगै लाईभ स्टाइलसँग जोडिएको विभिन्न कार्यक्रममा समेत सहयोग गर्दै आएको छ । केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट पार्टनर हो ।
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t39.30808-6/345426515_2160281257512763_2678264852998075114_n.jpg?stp=dst-jpg_p843x403&_nc_cat=101&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=FZD8KaOf5SUAX9Oz0qt&_nc_ht=scontent.fktm3-1.fna&oh=00_AfDj3pRDr9ZbKk9OpLdBNL_7T_gDX_TjQhCZjzaqDBMULg&oe=645C034A)