एजेन्सी । टोकियो ओलम्पिकका लागि बक्सिङ छनोटमा सहभागिता जनाउन इंग्ल्यान्ड पुगेका ६ बक्सिङ खेलाडीलाई कोरोनाको संक्रमण देखिएको छ ।
लण्डनमा तय भएको छनोटमा सहभागिता जनाउन पुगेका टर्की र क्रोएसियाका खेलाडी र प्रशिक्षकलाई कोरोनाको संक्रमण देखिएको हो ।
टर्की र क्रोएसियाका समान दुई खेलाडी र एक प्रशिक्षकलाई कोरोनाको संक्रमण देखिएको हो । उनीहरु आइसोलेसनमा रहेको बताईएको छ।
युरोपको ओलम्पिक छनोट गत मार्च १६ बाट सुरु हुने तय भएको थियो । तर, कोरोनाको कारण तीन दिनअघि प्रतियोगिता स्थगित भएको थियो ।
छनोट खेल स्थगित भएपछि स्वदेश फर्किएका उनीहरुलाई कोरोना देखिएको हो ।
कोरोनाकै कारण ओलम्पिक खेलकुद समेत एक वर्ष स्थगित भएको छ ।